गायिका एलिना चौहानको अफिसियल तीज गीत सार्वजनिक भएको छ । ‘कल्ले देख्यो र ?’ मा उनको एकल स्वर छ । यस गीतकाे भिडियोमा एलिनाले मोडलद्वय अञ्जली अधिकारी र सनिशा भट्टराईसँग सहकार्य गरेकी छन् ।
जन्मदेखि विवाह हुँदासम्मको युवतीको बेदनालाई गीतमा समेटिएको छ । पढ्न नपाएको, घामपानी नभनी मेलापात गर्दै २० वर्ष काटेको कुरा गीतमा छ ।
२० वर्ष पाखुरी माइतीलाई दिएको कल्ले देख्यो र ?
बाँकी यो जिन्दगी अर्कैलाई दिएको कल्ले बुझ्यो र ?
तीजमा दुःख र पीरलाई भुलेर नाच्न समेत गीतमा भनिएको छ ।