Dashain Suvakamana

तथ्यमा आधारित पत्रकारिता गर्न मुख्यमन्त्री खगराज भट्टको आग्रह

Ajai

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विपद् आउनुअघि नै सम्भावित जोखिमबारे नागरिकलाई सचेत गराउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । नदी किनारमा रहेका बस्तीहरू बाढी र अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै मुख्यमन्त्री खगराज भट्टले जोखिम न्यूनीकरणका लागि तथ्य र अनुसन्धानमा आधारित पत्रकारिता गर्न आग्रह गरेका हुन् ।

मुख्यमन्त्री भट्टले जलवायु परिवर्तनका कारण प्राकृतिक वातावरणमा देखिन थालेका अस्वाभाविक परिवर्तनबारे तथ्यमा आधारित खोजमूलक समाचार सामग्री तयार गर्न पत्रकारहरूलाई आग्रह गरे । विपद्का घटनाबाट हुने मानवीय क्षति सशस्त्र द्वन्द्वका तुलनामा पनि बढी रहेको दाबी गर्दै उनले त्यसलाई रोक्न पत्रकारिताले खबरदारी गर्नुपर्ने बताए । उनका अनुसार १० वर्षे सशस्त्र द्वन्द्वको तुलनामा विपद्का घटनाबाट ३३ प्रतिशत बढी मानिसको ज्यान गएको छ ।

मुख्यमन्त्री भट्टले विपद् र जलवायु परिवर्तनका असर मात्रै नभई सुदूरपश्चिमका कृषि तथा आर्थिक समृद्धिका सम्भावनालाई पनि पत्रकारिताले प्राथमिकता दिनुपर्ने बताए । कमजोर राष्ट्रहरूले जलवायु परिवर्तनको बढी असर भोग्नुपरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको आवाज सुनिनुपर्ने धारणा राखे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.