Dashain Suvakamana

कैलाली-कञ्चनपुरका अपाङ्गताले दशैंतिहारपछि शुभकामना आदानप्रदान गरे

Ajai

अत्तरिया । सुदूरपश्चिमकाे कैलाली कञ्चनपुरमा बस्ने अपाङ्गता भएका नागरिकले नेपालीहरुका महान चाँडपर्व दशैंतिहार बितेपछि भएपनि एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् । उनीहरुले आज कैलालीकाे अत्तरियामा रहेकाे सुप समावेशी बिधालयमा जम्मा भएर यसाे गरेका हुन् ।

सधैंजसाे राज्यशत्ता, आफ्नै घरपरिवार र समाजबाट अपहेलित भैइरहने अपाङ्गता भएका नागरिकहरु यसअघि एकछाक मासुभात खान चाँडपर्व कुर्थ्ये तर, यसपालि त्याेपनि नहुँदा कसैबाट चामल, कसैबाट दाल तरकारी र मासुकाे जाेह गरी याे भेटघाट कार्यक्रम राखेकाे  बिधालयका प्रअ एवं अपाङ्गता अभियानकर्मी मनबहादुर साउदले बताए । उनले दशैं तिहार बितेपनि आउदै गरेकाे छट पर्वकाे अवसरमा शुभकामना आदानप्रदान गर्न भेटघाटकाे मेसाे गरेकाे बताए ।

अपाङ्गता हक अधिकार संविधान र ऐन कानूनका ठेलिमा लेखेर मात्रै नपुग्ने भन्दै अपाङ्गता अभियन्ता तथा शिक्षक बलराम पन्तले कार्यान्वयनमा सबैले आआफ्नाे ठाउँबाट लाग्नुपर्ने बताए । यस्तै शुभकामना आदानप्रदान कार्यक्रममा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं समाजसेवी बिनोद मल्लले मंसीर २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने युवा स्वास्थ्य महोत्सवमा अपाङ्गता भएका बालबालिकाहरूलाई निःशुल्क रूपमा चेकजाँच गर्ने र कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारको सन्दर्भमा प्यानलिस्ट डिस्कसन गरिने प्रतिबद्धता समेत जनाए ।

सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तथा गोदावरी नगरपालिका वडा नम्बर २ का वडा सदस्य डबल सिंह साउदकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रदेश सभा सदस्य खेमा बिष्ट प्रमुख अतिथि थिए । उनले प्रदेश सरकारले गतवर्ष बनाएकाे अपाङ्गता मैत्री शौचालयको समुद्घाटनसमेत गरिन् ।

कार्यक्रममा कैलाली कञ्चनपुरका दुई दर्जनभन्दा बढी अपाङ्ग क्षेत्रमा काम गर्ने अपाङ्गता अधिकारकर्मी, शिक्षक कर्मचारीहरू लगायतको महत्त्वपूर्ण उपस्थिति रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.