
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान बेलुका ५ बजे हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ।
सुदूरपश्चिम यस संस्करणमा ५ खेलबाट ३ जित र २ हारसहित ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा छभने जनकपुरले ५ खेलबाट २ जित र ३ हारसहित ४ अंक जोडेको छ। अंकतालिकामा पाँचौँ स्थानमा रहेको जनकपुरलाई प्लेअफको सम्भावना कायम राख्न यो खेल जित्नुपर्ने दबाब छ।
सुदूरपश्चिमका लागि आजकाे जितले प्लेअफ यात्रालाई थप सहज बनाउनेछ। त्यसैले दुबै टाेलीकालागि याे खेल महत्वपूर्ण रहनेछ ।
