काेभिड फेरी बढ्याे : जापानमा एकै दिन ४१५ जनाको मृत्यु

जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनको मृत्यु भएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै अत्यधिक हो । अघिल्लो दिन कोभिडले गर्दा  २७१ जनाको मृत्यु भएको थियो ।

राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगर सरकारले बताएको छ । देशभरमा बुधवार २ लाख १६ हजार २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको भन्दा १३ हजार ३५६ धेरै हो । राजधानी टोकियोमा आज २० हजार २४३ नयाँ संक्रमित थपिएका छन् ।

देशभरमा आईसीयू, भेन्टिलेटर राखेर उपचार गराउनु पर्ने बिरामी पनि ५७७ जना छन् । यो मंगलबारको भन्दा ५ कम हो । टोकियोमा पनि कोभिडका गम्भीर बिरामी घटेर ४९ मा आएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.