कञ्चनपुरकाे बेदकाेटबाट ५४ लाख बढीका अवैध मोबाइल सेट बरामद
धनगढी । कञ्चनपुरमा अवैध ५४ लाख बढि मुल्यका अवैध मोवाइल सेटहरु बरामद गरिएको छ।
जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ७ को सुडाबाट विभिन्न कम्पनीका मोवाइल बरामद गरिएको हो।
पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा गस्तीमा आएको सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशीको समूहले ५४ लाख १० हजार ७ सयका मोवाइल सेटहरु बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए।