बिभिन्न कार्यक्रम गरि धनगढीमा अपाङ्गता दिवस मनाईने

धनगढी । कैलालीकाे धनगढीमा अपाङ्गता क्षेत्रमा कार्यरत बिभिन्न संस्थाहरु मिलेर यस बर्षकाे अन्तर्राष्ट्रिय अपाङ्गता भव्यरुपमा मनाउने भएका छन्। अपाङ्गता अधिकार अभियान समितिले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिएको हो ।

मंसिर १४ देखि १७ गतेसम्म विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको अभियान संयोजक नन्दराज भट्टले बताए। उनका अनुसार सफल नेपाल, अटिजम केयर सेन्टर, नेत्रहीन संघ, डाउन सिन्ड्रोम समाज, बौद्धिक अपाङ्गता अभिभावक संघ लगायतका  विभिन्न  १२ अपाङ्गता सम्बद्ध संघ–संस्था प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम गरिने छ ।

जस्मा मंसिर १४ गते ह्विलचियर दौड तथा ह्विलचेयर बास्केटबल प्रतियोगिता, मंसिर १५ गते चित्रकला तथा म्युजिकल चियर खेल प्रतियोगिता, मंसिर १६ गते वक्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगिता, मंसिर दृष्टिविहीन क्रिकेट प्रतियोगिता, मंसिर १६ गते दीप प्रज्वलन कार्यक्रम, मंसिर १७ गते झाँकी तथा जागरण र्याली र मंसिर १७ गते नै टाउन हल मिटिङ तथा अधिकार संवादको आयोजना गरि कार्यक्रमको समापन गरिने कार्यक्रम संयोजक नन्दराज भट्टले जानकारी दिए ।

‘अपाङ्गता समावेशी समाजकाे प्रर्बद्धन: समाजिक उन्नतिकाे संबर्ध्दन’ भन्ने मुल नाराकासाथ यस बर्षकाे अन्तराष्ट्रिय अपाङ्गता दिवस नेपाल लगायत संसारभर डिसिम्बर ३ अर्थात मंसिर १७ गते मनाईदैछ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.