युरोकप फुटबल नकआउट चरणमा, आज दुई खेल हुँदै
जारी युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्। अन्तिम १६ को पहिलो खेल आज राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् भने राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटाली र अष्ट्रिया भिड्दै छन्।
वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो भने डेनमार्क समूह ‘बी’ को उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो। यस्तै इटालीले समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणको यात्रा तय गरेको हो।
समूह ‘सी’ को उपविजेता बन्दै अष्ट्रिया पहिलो पटक नकआउट चरणमा पुग्न सफल भएको हो। अन्तिम खेलमा युक्रेनलाई १-० ले हराउँदै अष्ट्रिया नकआउट चरणमा पुगेको हो।