आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदै छ । नेदरल्यान्ड्समा हुन लागेको उक्त सिरिजकाे पहिलाे खेलमा आजै नेपाल नामिबियासँग भिड्न लागेकाे हो ।
यो खेल नेपाली समयअनुसार आज दिउँसो २:४५ बजे स्पोर्टपार्क मार्सचाल्करविर्डमा हुनेछ । आठ टोली रहेको लिग– २ नेपाल ५औँ स्थानमा छ भने नेदरल्यान्ड्स तेस्रो तथा नामिबिया सातौँ स्थानमा रहेका छन् ।
ओडीआई मान्यता र टी– विश्वकप छनोटका लागि महत्त्वपूर्ण मानिएको लिग– २ का बाँकी खेलमा नेपाललाई जित हासिल गर्नुपर्ने बाध्यता छ । लिग– २ मा २८ खेल खेलेको नेपालले ११ वटामा मात्रै जित निकालेको छ ।
नेपालको टोली : रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल