सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट पक्का

धनगढी । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट पक्का भएका छन् । प्रदेश सरकार सञ्चालनबारे एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएपछि भागबण्डामा सुदूरपश्चिम नेकपाकाे भाग परेकाले दलकाे नेताकाे हैसियतमा मुख्यमन्त्री पद खगराज भट्टले पाउने पक्का भएकाे हाे ।

बाम पार्टी एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच भएकाे सहमति अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने सहमति भएको छ।

मधेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय सहमति पत्रमा उल्लेख छ। सहमति पश्चात कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिइसकेका छनभने सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले अझैं पर्ख र हेरकाे अवस्थामै छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.