अनशनरत डा. केसी र सरकारवीच आज वार्ता हुँदै

धनगढी । केही दिनदेखि अनसन गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्तामार्फत निकास खोज्न सरकारी टोली धनगढी पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालसहितकाे सरकारी टाेलीले आजै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ।

अग्रवालसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा पनि आइतबार बिहान धनगढी पुगेका हुन्। यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनमा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसकेका छन्। शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गर्दै वार्ताको वातावरण बनाएका थिए।

धनगढी पुगेको टोलीले आजै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले सम्वादमार्फत नै सत्याग्रहको सहमतिपूर्ण निकास खोज्ने प्रयास गरिरहेको जनाएको छ। डा. केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नै चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.