‘बिगतका कमजोरी सुधार गरेर सरकार बजेट ल्याउन्छ’ मन्त्री भाट

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले विगतका कमजोरी केलाएर त्यसलाई सुधार गरेर नयाँ बजेट ल्याउने गरि सरकार अगाडि बढेको बताएका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री भाटले यस्तो बताएका हुन् ।

मन्त्री भाटले बजेट निर्माण प्रकृया द्रुत गतिमा अगाडि बढेको बताउँदै सरकारले छिट्टै ल्याउने बताए । उनले भने ‘बजेटमा समस्या आएर नै  प्रदेश याे अवस्थामा रहेको हो । हिजो जुन कारणले बजेट फेल भएको थियो । त्यो अवस्था हामी आउन दिदैनौँ ।’

त्यस्तै, योजना माग गर्नका लागि मन्त्रालय, बजारमा लाइन लाग्ने, एउटै व्यक्तिले धेरै योजनाका सिफरिस ल्याउने गरिएको बताउँदै त्यसको निराकरण र वास्तविक आवश्यकता पहिचानका याेजना तथा नागरिक सुझावकालागि सहजता बनाउन मन्त्रालयले गुगल फर्म मार्फत योजना माग गरेको पनि उनले बताए ।

‘जो वास्तविक पीडित हो, जहाँ योजना आवश्यक छ । उनीहरु यहाँ पुग्न नसक्ने अवस्था पनि छ । तसर्थ यी समस्या समाधानका लागि गुगल फर्मबाट योजना माग गरेका हौँ’ उनले भने ‘अहिले त छोटो समय छ कति गर्न सकिन्छ थाहा छैन् । पछिल्ला वर्षमा यसको प्रयोगले योजना छनोटमा सहज हुन्छ ।’

उनले अर्को प्रशंगमा बोल्दै मन्त्री भाटले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलभित्र कुनै विवाद नरहेको स्पष्ट पारे । उनले भने ‘माननीय ज्यूहरुले सुधारका लागि सुझाव दिनुभएको हाे ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.