धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरे लगत्तै प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका छन् ।
यससँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको नयाँ प्रक्रिया अघि बढ्ने भएको छ । मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरे पनि प्रदेशसभामा आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि राजीनामा दिने निर्णय गरेका हुन् ।
शाहको राजीनामासँगै अब प्रदेश प्रमुख मियाँले संविधानअनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउनेछन् । जनकारका अनुसार प्रदेश प्रमुखले बहुमत दावी गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सत्ता सहकार्यको समझदारी गरेसंगै सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी सांसदीय दलका नेता खगराज भट्ट हुने सहमति छ।
खगराज भट्ट सुदूरपश्चिम प्रदेशकाे पाँचौँ मुख्यमन्त्रीरुपमा दावी पेस गर्न गैइरहेकाे उनी निकट स्राेतले बताएकाे छ ।