गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण

धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको शहीद भीमदत्त पन्तको शालिक अनावरण गरिएको छ । शहीद भीमदत्त पन्तको स्मृति दिवसकाे अवसरमा आइतबार एक समारोहबीच गाेदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले शालिकको अनावरण गरेका हुन् । 

शहीद भीमदत्त पन्तले नेपाली समाज र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान प्रेरणादायी रहेको बताउदै उनले शहीदहरूको त्याग, बलिदान र योगदानलाई पुस्तान्तरण गर्न यस्ता स्मारकले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नयाँ पुस्तालाई इतिहाससँग जोड्न स्थानीय तह र समुदायले यस्ता पहललाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिए ।

शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमृतलाल डंगौराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख भट्ट सहभागी थिए । कार्यक्रममा गोदावरी नगरपालिका–१ का वडाध्यक्ष गोपाल भट्ट, शहीद भीमदत्त पन्तका विषयका जानकार प्रेमराज पन्त, नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डेलगायत वक्ताहरूले शहीद भीमदत्त पन्तको जीवन, संघर्ष र समाज परिवर्तनमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।

वक्ताहरूले शहीदहरूको योगदानलाई सम्मान गर्दै इतिहास संरक्षण र भावी पुस्तालाई राष्ट्रप्रेम तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रेरित गर्न यस्ता स्मारक र स्मृति कार्यक्रमहरू प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.