धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व हस्तान्तरण गरेर भिन्न भूमिकामा रहन तयार रहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीको सुदूरपश्चिम प्रदेश समिमिको शुक्रबार धनगढीमा आयोजित प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रमा बोल्दै उनले भरपर्दो टीमलाई नेतृत्व हस्तान्तर गर्न तयार रहेको बताए ।
उनले भने ‘मलाई नेतृत्व छोडेर भिन्न भूमिकामा जान मन छ । तर,पार्टीलाई सडकमा छोडेर जान सकिदैन् । हजारौंको रगत,त्याग बलिदानीलाई मैले जिम्मेवारीबाट पन्छाउन सक्दैन् ।’ उनले भने ‘प्रचण्डले नेतृत्व छोड्दै छोड्दैनन् भन्ने कुरा झुटो हो । मेरो भन्दा राम्रो काम फलानाले गर्न सक्छ भन्ने लाग्यो भने म सजिलै छोड्छु ।’
त्यस्तै उनले भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सामान्य नभएको बताए । उनले भने ‘मुख्यतहःगएको भदौ २४ गते जुन विध्वंस भयो । जसलाई हामीले प्रतिक्रान्ति भनेका थियौँ । त्यो प्रतिक्रान्तिकारी कदम किन र कसरी भयो । त्यही २४ गतेकै प्रतिक्रान्तिको निरन्तरतारुपमा निर्वाचन भयो । परिणाम २४ गतेकै निरन्तरतामा आयो ।’
त्यस्तै,उनले बामपन्थी एकता विगतमा जस्तो हतारमा नगर्ने स्पष्ट पार्नुभयो । उनले भने ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओली बीच सहमति भइसक्यो भन्ने कुरा सही होइन् । कोही पनि भ्रममा नपर्नु होला ।’