‘वाचा मात्रै होइन, स्पष्ट योजनाकासाथ काम गर्ने इमानदार नेतृत्व दिन्छु’

डोटी । आसन्न प्रतिनिधिसभा निर्वाचनमा जित्ने दावीदार मध्येका सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार त्रिलोचन भट्टले चुनाकाे बेला बाचा-कसम खाने भन्दापनि जनताकाे सुख दुखमा इमान्दारीसाथ काम गर्ने नेतृत्व डाेटीले चाहेकाे बताए । उनले भने- ‘डोटेली मतदाताले केवल वाचा होइन, स्पष्ट योजनासाथ काम गर्ने इमानदार नेतृत्व चाहेकाे छ। त्यसकालागि हामी युवालाई डोटीमै रोजगारी सिर्जना गर्ने अभियानमा छौं ।’

कृषि, पर्यटन र साना उद्योगमा अवसर सिर्जना गर्दै सडक, सिँचाइ, शिक्षा र स्वास्थ्यमा दीर्घकालीन योजना बनाउने उनले बताए । प्रविधिसँग जोडिएको आधुनिक कृषि, सीपमूलक तालिम र उद्यमशीलता कार्यक्रममार्फत युवालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको उनले बताए । आफ्नाे उम्मेदवारीले पार्टीमा उत्साह थपेको भन्दै ‘मैले जिम्मेवारीमा हुादा डोटीका ६५ वटै वडामा विकासका काम अघि बढाएको छु,’ भट्टले भने, ‘मतदाताले मेरो कामको मूल्यांकन गरेर मलाई साथ दिनेमा विश्वास छ ।’ 

एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा ९ दलका उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा कांग्रेस, एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।काँग्रेस एमाले जस्तै आफ्नाे पार्टी संगठन मजबुत रहेकाे र आफूले जहिले पनि ‘कामको राजनीति’ गर्ने गरेकाे उनको छ।

निर्वाचनका कारण जिल्लाका गाउँबस्तीदेखि डाँडाकाँडामा चहलपहल फर्किएको छ। बाटाघाटमा ओहोरदोहोर गर्ने बढेका छन्। खेततिर कामकाजमा व्यस्त रहेका हाेस् वा गाउँका पसलतिर जम्मा हुने जोकाेही पनि चुनावी गफमा व्यस्त देखिन्छन् । मतदान नजिकिन थालेपछि उम्मेदवारले नै जिल्लाबाहिर रहेका मतदाता फर्काइरहेका छन् । कोही चुनावी माहोल हेर्न र भोट हाल्न स्वत: स्फूर्त फर्किरहेका छन् ।

दलका चुनावी अभियानले गाउँ–सहरको दूरी घटाईदिएकाे छभने युवाहरू सामाजिक सन्जालमा समर्थन र आलोचनामा व्यस्त छन्। यसपटक कसले चुनाव जित्छ भन्दा हाम्राे भावना बुझेर काम गर्ने नेतालाई भन्ने कुरामा मतदाताले जोड दिइरहेका छन् । उसाे त, भावनात्मक लगाव, पारिवारिक सम्बन्ध र पुराना राजनीतिक निष्ठाले मतदाताको निर्णय अझै प्रभाव पारिरहेको देखिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.