डडेल्धुरा । नेपाली कम्युनिष्ट पार्टीका उमेदवार मान सिह माल (क्रान्ति) ले सोमबार आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् । मालले डडेल्धुराको विकास, सुशासन, समृद्धि र स्वरोजगारलाई आफ्नो मुल एजेण्डा बानाएर मतदातामाझ प्रतिबद्धतापत्र सार्वजनिक गरेको छन् ।
डडेल्धुरा जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, रोजगारी, खेलकुद तथा सुशासनका क्षेत्रमा रूपान्तरणकारी पहल गर्ने मालले प्रतिवद्धता जनाएका छन्। उनले जिल्लाको विकास अब भाषणमा नभई काममा देखाइने भन्दै मतदातासँग एकपटक अवसर दिन आग्रह गरेका छन्। प्रतिबद्धतापत्रमा उम्मेदवार मालले जनताको प्रत्यक्ष सहभागितामा विकास योजना कार्यान्वयन गर्ने र नियमित रूपमा जनतासँग विकास समृद्धिकासाथै सुखदुखमा अन्तरक्रिया गर्दै जनउत्तरदायी राजनीति अघि बढाउने बताएका छन्।
घोषणा पत्र
“डडेल्धुराको विकास कुरा होइन, काममा देखाउँछौँ ।
पटक–पटक होइन, एक पटक मौका दिनुहोस् परिणाम दिलाउँछौँ।”
आदरणीय डडेल्धुराबासी जनसमुदायहरू,
डडेल्धुराको भौगोलिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक विशेषतालाई ध्यानमा राख्दै कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र समृद्धिको क्षेत्रमा रूपान्तरणकारी पहल गर्न म दृढ प्रतिबद्ध हुनेछु । आज पनि नेपाली कम्युनिष्ट पार्टी जनताको अधिकार, रोजगारी, शिक्षा, स्वास्थ्य, समान अवसर र आत्मनिर्भर अर्थतन्त्र निर्माणको पक्षमा दृढतापूर्वक उभिएको छ । यही ऐतिहासिक पृष्ठभूमिमा डडेल्धुरावासी जनताको भरोसा र विश्वास सहित म र मेरो पार्टी विकास र समृद्धिको नयाँ अभियान सहित अघि बढन र डडेल्धुराका आवाजलाई सदन सम्म पूर्याउन हामी विभिन्न राजनैतिक दल र घटकहरूकाबीच एकतागरी चुनव चिन्ह पाँचकुने तारा लिएर तपाईका माझमा आएका छौँ । तारा चिन्हमा अमुल्य मतदान गरी बिजयी गराईदिनका लागि हार्दिक अनुरोध गर्दछु ।
राजनैतिक प्रतिवद्धताहरू,
< समाजवाद उन्मुख लोकतान्त्रिक व्यवस्था निर्माणमा प्रतिबद्धभई एउटा सच्चा जनप्रतिनिधिले गर्नुपर्ने जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्ने छु ।
< संविधानको पूर्ण कार्यान्वयन, संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि निरन्तर लागिरहने छु ।
< सुशासन, पारदर्शिता र समृद्धिका लागि मेरो पूर्ण प्रतिवद्धता रहेको छ ।
< श्रमिक, किसान, महिला, दलित, आदिवासी/जनजाती,अपाङ्गता भएका व्यक्ति र युवाको अधिकार सुनिश्चितताको लागि दृढ संकल्पित हुनेछु ।
< राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र आत्मसम्मानको रक्षाका लागि कसैसंग सम्झौता गर्ने छैन ।
< डडेल्धुराको समग्र विकासका लागि सबै समुदाय वर्ग क्षेत्रसंगको सहकार्यमा विकास निर्माणका योजनाहरूलाई प्राथमिकताका आधारमा अगाडी बढउने प्रतिवद्धता व्यक्त गर्दछु ।
डडेल्धुराको विकासको आधारशीला
१. शिक्षाः-
“गुणस्तरीय शिक्षा विस्तार विज्ञान र नवप्रवर्तन, विकास र समृद्ध डडेल्धुरा निर्माणको आधार”
- विद्यालयमा बोलाउने, सिकाउने, टिकाउने र विकाउने शिक्षाको ग्यारेन्टी गरिनेछ ।
- डडेल्धुरा बहुमुखी क्याम्पसलाई सुदुरपश्चिमको शैक्षिक हव र त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढामा स्नातकोत्तर तह र प्राविधिक धार संञ्चालनका लागि पहल गर्ने छु ।
- आर्थिक रूपले विबन्न समुदायका विद्यार्थीहरूलाई निशुल्क रूपमा पढ्ने व्यवस्था मिलाउने छु ।
- ५ वर्ष भित्र प्रदेश निर्वाचन क्षेत्र स्तरीय प्राविधिक कलेजको स्थापना गरी डडेल्धुरालाई प्राविधिक शिक्षाको हवको रूपमा विकास गर्ने नीति निर्माणका लागि पहल गर्ने छु ।
२. स्वास्थ्यः-
“समृद्ध स्वास्थ्य संस्था, स्वस्थ नागरिक, समुन्नत समाज”
- डडेल्धुरा अस्पताललाई सुविधासम्पन्न विशेषज्ञ सेवा केन्द्र बनाउदै अविलम्ब एम.बि.बि. एस कक्षा संञ्चालन गर्न पहल गर्ने
- पालिका स्तरीय अस्पतालको पूर्वाधार निर्माण तथा जनसक्ति व्यवस्थापनका लागि पहल गर्ने छु ।
- डडेल्धुरा जिल्लामा सुविधा सम्पन्न ट्रमा सेन्टरको व्यवस्था गर्न पहल गर्ने छु ।
- जोगबुडा अस्पताललाई विशेषज्ञ सेवा विस्तार संगै भित्रिमदेश क्षेत्रमा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने पहल गर्नेछु ।
- प्रत्येक ३/३ महिनामा विशेषज्ञ स्वास्थ्य सिविर सञ्लान गर्न पहल गर्ने छु ।
३. खानेपानी तथा सिचाई पूर्वाधारः-
“शुद्ध पानी र सरसफाइ, स्वस्थ जीवनको सुनिश्चितता”
- प्रत्येक बस्तीमा शुद्ध, सुरक्षित र दिगो खानेपानी योजना लागु गर्नका लागि १ घर एक धारा निर्माणका लागि पहल गर्नेछु ।
- विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक स्थानमा सरसफाइ व्यवस्था सहित शुद्ध खानेपानीको व्यवस्था गर्न पहल गरिने छ । साथै सार्वजनिक ठाउँमा आवश्यकता अनुसार व्यवस्थित सार्वजनिक रिफ्रेस सेन्टरको स्थापना गरिने छ ।
- ५ बर्ष भित्र सुरक्षित खानेपानी र सिँचाइ आयोजना विस्तार एंव विकास गरी आवस्यकता अनुसारको विकासका कार्यक्रमहरु ल्याईनेछ ।
४. जलाधार तथा भू-संरक्षणः-
“सुरक्षित बस्ती, विपद् नियन्त्रण हाम्रो प्रतिबद्धता”
- बाढी र पहिरो प्रभावित क्षेत्रको जोखिम नक्सांकन र दीर्घकालीन नियन्त्रण योजना निर्माण गरी जोखिमपूर्ण वस्ती १ वर्ष भित्र स्थान्तरणका लागि पहल गर्नेछु ।
- महाभारत घनघश्य चुरे लगायत उच्च पहाडी भुभागमा पानिमुहान रिचार्जको कार्यक्रमका लागि पहल गर्नेछु ।
- तटबन्ध, ग्याबियन जाली र नदी नियन्त्रण संरचना निर्माण गरी डडेल्धुरा जिल्लाका ठुला नदीहरू (महाकाली, रङ्गुन, पन्तुरा,सादनी, रडुव खोला, डोटी खोला, चामागाड) मा तट्बन्ध निर्माणका लागि पहल गर्ने छु ।
५. पूर्वाधार विकासः-
“सुरक्षित सडक र सहज यात्रा, जीवन र विकासको आधार”
- महाकाली नदीमा मोटरेवल पक्की पुल तथा छोटी भन्सार नाका निर्माणका लागि पहल गर्ने छु ।
- जिल्लाका मुख्य तथा ग्रामीण सडक स्तरोन्नती, मर्मत र कालोपत्रेका लागि पहल गर्ने । मुख्य नदीहरूमा पक्की पुलको लागि पहल गर्ने छु ।
- १ वर्ष भित्र डडेल्धुरा जिल्लालाई पूर्ण विद्युतीकरण र व्यवस्थीत विद्युत लाईन विस्तार गर्न पहल गर्ने ।
- दैजी जोगबुढा चिर्किट्टे घटालथान, बगरकोट रूपाल, घुम्ति चिर्किट्टे, उग्रतारा मेलौली र पोखरा बेलापुर, भत्काडा रेल सडकलाई धार्मिक पर्यटकीय सडकको रूपमा विकास गर्दै तत्काल स्तरोन्नती र कालोपत्रेका लागि पहल गर्नेछु ।
- सडक सञ्जालको स्तरोन्नती गरी २ बर्ष भित्र नपुगेका प्रत्येक पालिकाका केन्द्र सम्म गुणस्तरीय पक्की सडक पुर्याईने छ ।
६ कृषि तथा पशुपालनः-.
“आधुनिक कृषि र पशुपालन, किसान समृद्ध र आत्मनिर्भर डडेल्धुरा निर्माणको आधार”
- नगदे बाली, जडिबुटी, पशुपालन र कृषि प्रशोधन उद्योगको स्थापना गरी रोजगारी सिर्जना गर्नका लागि पहल गर्ने । किसानलाई सिँचाइ, बीउ, मल र बजारको ग्यारेन्टी गराईनेछ ।
- किसानका लागि संकलन केन्द्र, बजार, भण्डारण र मूल्य सुनिश्चितता गर्न पहल गर्ने डडेल्धुराका मुख्य सहरहरूमा कृषकका लागि संयुक्त विक्रि केन्द्रको स्थापना गर्ने ।
- परशुराम र आलितालमा डाडाबनमा आँफ खेती अजयमेरू भागेश्वर नवदुर्गा र गन्यापधुराका उच्च पहाडी क्षेत्रमा नगदे बाली पकेट क्षेत्रको सम्भाब्यता अध्ययन गरी ५ वर्ष भित्र ४००० किसानलाई स्वरोजगार बनाउने छु ।
- डडेल्धुरालाई अण्ड र मासुजन्य पदार्थ तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउनुका लागि किसनलाई एक गाउँ एक व्यवसाय कार्यक्रम मार्फत ५ वर्ष भित्र २००० जनालाई स्वरोजगार बनाईने छ ।
- युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्नका लागि ५ बर्ष भित्र साना र मझौला १०० ओटा उद्योग स्थापना ५००० युवाका लागि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने छु ।
- दिगो भू- व्यवस्थापन, वैज्ञानिक भू- उपयोग नीति र भुमिहिन,सुकुम्बासी, अव्यवस्थित बसोबासीहरूलाई तत्काल भू- स्वामित्व हस्तान्तरण गरी कृषकलाई ३ वर्ष भित्र लालपुर्जा वितरण सम्पन्न गर्नेछु ।
७. वन तथा पर्यटन प्रवर्धन संस्कृतिको संरक्षणः-
“पर्यटन प्रवर्द्धन, रोजगारी मुल आधार”
- माहाभारत क्षेत्रलाई खुल्ला चिडिया घर (Open Zoo) को रूपमा विकास गरिने छ ।
- प्रत्येक सामुदायि वनहरूमा फुट फोरेस्टको अवधारणा लागु गरिने छ ।
- महाभारत लेक र दैजि जोगबुढा चिरकिट्टे घटालथान सडक र पर्यटकीय सडक छेउमा आधुनिक वस्ती विस्तार गरी पर्यटन प्रवर्द्धन गर्नका लागि पहल गर्ने ।
- गन्तब्य डडेल्धुराको आधार तय गरिनेछ ।
- होमस्टे, आन्तरिक पर्यटनको विकास गरी ५ बर्ष भित्र एक हजार मानिसलाई पर्यटन क्षेत्रमा स्थानीय रोजगारी सृजना गरी सम्बृद्ध डडेल्धुरा निर्माण गरिने छ ।
८. उद्योग प्रवर्धनः-
“स्थानीय उद्योग विस्तार, आत्मनिर्भर अर्थतन्त्र निर्माण”
- आधा आकास ढाक्ने महिलाहरूका लागि ग्रामिण स्तरमा पाइने स्थानीय कच्चापदार्थमा आधारित लघु उद्यम स्थापना गर्न विशेष पहल गरिने छ ।
- परम्परागत शिल्पीहरूको सिप र दक्षतालाई औद्योगिकरण गरिने छ ।
- सहुलियत ऋण, सीप तालिम र बजार पहुँच विस्तार गर्न पहल गर्ने ।
- स्थानीय उत्पादनको ब्रान्डिङ र प्रवर्द्धन गर्न पहल गर्नेछु ।
९. संञ्चारः
“डिजिटल सेवा विस्तार, स्मार्ट समाज निर्माण”
- १ वर्ष भित्र नेटवर्क नभएका गाउँ वस्तीमा टेलिफोन टावर निर्माण गर्न पहल गर्ने र ३ वर्ष भित्र सबै वडामा फाइबर सहितको इन्टरनेट नेटवर्क विस्तार गर्ने ।
- डिजिटल सेवा, ई–शासन र स्मार्ट पूर्वाधार विकास गर्न पहल गर्ने । प्रविधिमैत्री प्रशासनिक सेवा विस्तारका लागि पहल गर्ने
- १ बर्ष भित्र गुणस्तिय सञ्चार, इन्टरनेट र डिजिटल पहुँच विस्तारमा पुर्णता कायम गराईनेछ ।
१०. युवा तथा खेलकुदः-
“युवा शक्तिको सदुपयोग, खेलकुदको विकासः स्वदेशमै रोजगारीको सुरूवात”
- प्रत्येक स्थानीय तहमा स्पोर्ट कम्प्लेक्स निर्माणका लागि पहल गर्नेछु ।
- डडेल्धुरा जिल्लामा क्रकेट खेलको विकासका लागि क्रिकेट स्टेडियम निर्माणका लागि पहल गर्नेछु ।
- युवालाई लक्षित सीपमूलक तालिम र उद्यमशीलता कार्यक्रम मार्फत ५ वर्ष भित्र ३००० युवालाई स्वरोजगार बनाउनेछु ।
- एक पालिका एक व्यवस्थित खेलमैदान निर्मणका लागि आवश्यक पूर्वाधार तथा खेल समाग्री सहित डडेल्धुरालाई खेलकुद हवको रूपमा विकस गर्न पहल गर्नेछु ।
१२. सिचाईः-
- खेतीयोग्य जमिनमा सिचाई व्यवस्थाका लागि आवश्यक पहल गरिने छ ।
- खोला तथा नदी किनारमा रहेका कृषि योग्य जमिनमा सिचाईको प्रवन्ध मिलाइने छ ।
- उच्च पहाडी क्षेत्रका वस्तिहरूमा लिफ्ट सिचाईको लागि पहल गरिने छ ।
१३. सुशासन र जनउत्तरदायी राजनीति
“सुशासन र पारदर्शिता, दिगो विकासको सुनिश्चितता”
- म जनप्रतिनिधिको रुपमा जनताप्रति पूर्ण जवाफदेही हुनेछु ।
- विकास योजनामा जनसहभागिता र पारदर्शिताका लागी सधै जनताको साथमा रहेर काम गर्नेछु ।
- अनियमितता र भ्रष्टाचार गर्ने छैन कसैले गरेको अवस्थामा शुन्य सहनशीलता देखाई आवस्यक काम गर्नेछु ।
- जनताको समस्या संसदमा मजबुत रूपमा उठाउने र कार्यान्वयनमा लैजानको लागी प्रतिबद्धता व्यक्त गर्दछु ।
- कम्तिमा तीन/तीन महिनामा प्रत्येक स्थानीय तहमा भौतिक रूपमा उपस्थित भई जनअन्तरक्रिया गर्नेछु ।
आदरणीय तथा पृय कमरेड तथा जनसमुदायहरू हाम्रा प्रतिबद्धता पुरा गर्नका लागि म र मेरो पार्टी मन, बचन र कर्मले लाग्ने छु भन्ने बाचा गर्दछु ।
मान सिह माल (क्रान्ति)
प्रतिनिधि सभा सदस्य पदको उमेदवार
नेपाली कम्युनिष्ट पार्टी ,डडेल्धुरा