दीपायल । पन्चायतकालमा डाेटीलाई सुदूरपश्चिम विकास क्षेत्रकाे सदरमुकाम ताेकेपछि बहुदलकालमा सुदूरपश्चिमकै शेरवहादुर देउवा पाँच पटक देशकाे प्रधानमन्त्री भएपनि विकास निर्माणमा पछाडी पारिएकाे थियाे । अहिले डाेटीमा देखिने ७५ प्रतिशत विकास निर्माणका काममा त्रिलाेचन भट्टकाे याेगदान रहेकाे स्थानीय दलित समुदायका युवा शेरसिं बिश्वकर्माले दावी गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आम डाेटेली जनसमुदायमा काम गर्ने नेता र नाम मात्रको नेता छुट्याउने बेला आइसकेकाे भन्दै अब फगुन २१ गतेको निर्वाचनमा चुनाव चिह्न (तारा ) मा भोट हालौं र त्रिलोचन भट्ट ज्यूलाई अत्यधिक बहुमतले विजयी गराउन आग्रह गरेका छन् ।
उनले काम बाेल्छ, नारा हाेईन भन्दै लेखेका छन् …शेरबहादुर देउवा ज्यू सुदूरपहाडकै छोरा भए पनि तर विकासको हिसाबले राज्यले डोटी जिल्लालाई सधैं पछाडी राखेको थियो देब्रे आखाले पनि हेरीदियेको थिएन। सुदूरपश्चिमको कुरा छोडौं बिकास को नाममा डोटी जिल्ला हेपिएको, चेपिएको बेवास्तामा र राज्यबाट दमन मा परेको जिल्ला भनेर चिनिन्थ्यो ।
विकासको नाममा ०% थियो न सडक न बिजुली, न खानेपानी, न गुणस्तरीय शिक्षा र स्वास्थ्य। तर २०७४ साल फागुन ५ गते जब त्रिलोचन भट्ट ज्यू सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्रीमा नियुक्त भए तेसपछि त्यही दिनबाट डोटी जिल्लामा विकासका मूल फुट्न थाले । डोटीका कुना–कुनामा पिच सडक पुगे, दुर्गमभन्दा दुर्गम बस्तीमा बिजुली बल्यो, खानेपानी पुग्यो। शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइयो। नत्र आज तिमी डोटेलीलाई कस्ले चिनेको थियो र न राज्य ले चिनेको थियो न कुनै प्रदेश ले । डोटी जिल्लामा देखिएको ७५% विकास त्रिलोचन भट्टज्यूको कार्यकालमै भएको हो यो भावनात्मक कुरा होइन यथार्थ तथ्य हो।
काम गर्ने नेता र नाम मात्रको नेता छुट्याउने बेला अब आइसकेको छ। एक सचेत नागरिक भएर कामको मूल्याङ्कन गरौं।भदौ २१ गतेको निर्वाचनमा चुनाव चिह्न (तारा )मा भोट हालौं र त्रिलोचन भट्ट ज्यूलाई अत्यधिक बहुमतले विजयी गराऔं।काम बोल्छ, नारा होइन।