धनगढी । कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार प्रेमबहादुर आले ले आफुलाई सुखदुखकाे साथी बनाउन मतदातामाझ आग्रह गरेका छन् । चुनावी अभियानका क्रममा धनगढी उपमहानगरपालिका वार्ड नम्बर ३ गाैशालामा नेपाली कम्युनिष्ट पार्टीकाे वडा समिति बैठकलाई सम्बाेधन गर्दै जनजातीकाे छाेराे भएकाले लप्पनछप्पन नजान्ने र साेझाे चिताएर कुरा भन्दा बढी काम गर्ने आफ्नाे बानी रहेकाे बताएका हुन् ।
आफु केबल संसद हुन मात्रै नलडेकाे भन्दै उनले सुदूरपश्चिमलाई बिकशितरुपमा सुन्दरतामा बदल्ने प्रतिज्ञा गरे । बिगतमा मन्त्री हुँदा क्यासिनोका सञ्चालकले ठगी गरेको राज्यको अरोबौँ रकम उठाउने काम गरेको, १८ सय मिटर रनवे भएको धनगढी विमानस्थललाई ७ सय मिटर थपेर अन्तरराष्ट्रिय विमानस्थल बनाउन ५ करोड बजेट व्यवस्था गरेको र मन्त्रीबाट हटेपछि रकम अन्तै रकमान्तर गर्ने काम भएको बताए ।
त्यस्तै उनले पर्यटनमन्त्री भएकै बेला कैलालीको बेहडाबाबा मन्दिरमा ५ करोड बजेटको व्यवस्था गरेको बताए । उनले यसपटकको निर्वाचन जितेपछि कैलालीको धनगढी चौराहा, क्याम्पस चोक, अत्तरिया र महेन्द्रनगरमा अण्डर पास सडक बनाउने योजना रहेको समेत बताए । उनले यी धेरै सवारी चाप हुने क्षेत्रमा अण्डर पास सडक निर्माण भए दुर्घटनाको जोखिम घट्ने उनले बताए ।
उनले आफू पर्यटनमन्त्री हुँदा कौडीको भाउमा दिइएको नारायणहिटी राजदरबार फिर्ता ल्याउने काम गरेको बताउँदै प्राइभेट कम्पनीलाई दिइएको पशुपति धर्मशाला खाली गरिएको र पछि सर्वोच्च अदालतको स्टे अर्डरले रोकेको बताए । उनले भने ‘हामीले जनतालाई धोका दिने होइन् । आशीर्वाद लिने हो । आशीर्वाद पाएपछि जनतालाई खुशी बनाउने काम गर्ने हो ।’