कैलाली-४ मा एमालेबाट लेखराज भट्ट एकल सिफारिस

धनगढी । नेकपा एमालेका केन्द्रीय उपमहासचिव लेखराज भट्टको नाम कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल सिफारिस गरिएको छ । शुक्रबार बसेको एमाले क्षेत्र नम्बर ४ को क्षेत्रीय समन्वय कमिटी बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि भट्टको नाम एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष गणेश जिमि साउँदले भट्टको नाम एकल सिफारिस गर्ने निर्णय सर्वसम्मतका साथ गरिएको जानकारी दिए । उनकाअनुसार क्षेत्रीय समन्वय कमिटीले पार्टीको जिल्ला कमिटीलाई सिफारिस गरेको हो । अब जिल्ला कमिटीले निर्णय गरेर प्रदेश कमिटी र प्रदेशले केन्द्रीय कमिटीलाई सिफारिस गर्नेछ ।

विगतमा माओवादी कमाण्डर भट्ट एमालेबाट गत ०७९ प्रतिनीधीसभा चुनामा हारेका थिए भने माओवादीमा हुँदा जित्दै आएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.