Dashain Suvakamana

धनगढीमा खुल्याे सुविधासम्पन्न नेचुरा रिसोर्ट

धनगढी । विकास निर्माणकाे गतिसँगै सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र तथा अस्थायी राजधानी धनगढीमा सुविधासम्पन्न रिसोर्ट थपिदै गएका छन् । यहिक्रममा धनगढी उपमहानगरपालिका–३ गुरुद्वारा मार्गमा व्यवसायी मदन भट्टले १० करोडमा लागतमा खोलेको रिसोर्टको आज औपचारिक उद्धाटन गरिएको हो ।

लजका लागि छुट्टै र रेस्टुरेन्टका लागि छुट्टै भवन रहेकाे नेचुरा रिसोर्टमा रेस्टुरेन्ट, कन्फ्रेरेन्स हलसंगै १७ वटा सुविधासम्पन्न रुमहरु रहेको सञ्चालक भट्टले बताए । उनका अनुसार आठ वटा सुपर डिलक्स र सात वटा डिलक्स रुमहरु छन् । भट्टका अनुसार रिसोर्ट खोल्नका लागि तीन करोड जग्गा र सात करोड संरचना गरी १० करोड लागत लागेको छ ।

mahotsab

सञ्चालक भट्टले कर्पोरेट क्षेत्रका व्यक्तिलाई लक्षित गर्दै रिसोर्ट सञ्चालन गरिएको भनाई छ । लज र रेस्टुरेन्टको बीच भागमा रहेको बगैँचाले रिसोर्टको सुन्दरता थपेको देखिन्छ । बगैँचामै पानीको फोहोरो र कृत्रिम झरना पनि छ । ‘जाडो मौसममा घाम ताप्दै र गर्मीमा रुखको छहारीमा बसेर प्राकृतिक वातावरणको आनन्द लिँदै रमाउन मिल्ने किसिमले रिसोर्टको संरचना निर्माण गरेका छौं,’ भट्टले भने ।

लामोसमयदेखि जीवन बिमा क्षेत्रमा क्रियाशिल भट्टको धनगढीमै चिकेन स्टेसन पनि सञ्चालनमा छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.