आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

धनगढी । सूर्यको आराधना, उपासना र पूजा गर्दै सामुहिकताकाे पर्व छठ उल्लासपूर्वक देशभर मनाइँदैछ। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यो पर्व सम्पन्न हुने परम्परा छ। छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने भए पनि यसको मुख्य दिन शुक्ल षष्ठीमा कठोर निराहार व्रत बसी सूर्यदेवको आराधना गर्ने चलन छ। व्रतालुले चोखो खानपान, शुद्धता, संयम र अनुशासन कायम राखी व्रत बस्ने परम्परा रहिआएको छ।

पौराणिक तथा ऐतिहासिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफलतापूर्वक सम्पन्न होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यसै घटनाबाट छठ पर्व मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।

सूर्य पुराण अनुसार अत्रि मुनीकी पत्नी अनुसूयाले छठ व्रत गरी अचल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्, र यही प्रसंगबाट छठ पर्वको धार्मिक स्वरूप स्थापित हुन गएको जनविश्वास छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.