धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकाे मन्त्रिपरिषद बैठकले आज दुई निर्णय गरेकाे छ । ती दुई निर्णयले जनतालाई रहात भन्दापनि आहात थपेकाे बिष्लेशकहरुले बताएका छन् । बर्षायाममा बाढी पहिराे लगायतका प्राकृतिक प्रकाेपकाे सामना गरिरहेका जनातालाई प्रदेश सरकारकाे यी निर्णयले हर्ष न बिष्माद थपेकाे उनीहरुकाे भनाई छ ।
प्रदेश सरकारले विक्रम संवत् २०८२ सालको अट्वारी पर्वको सार्वजनिक विदा भदौ ८ गते आइतबार हुने गरी संशोधन गरेको छ । सोमबार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस अघि प्रदेश भर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा साउन २५ गते आइतबारको लागि दिईएको विदा अव भदौ ८ गते आइतबार हुने गरी संशोधन गरेको हो ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्ने भएको छ । कार्यकारी समितिको निर्णय प्रस्ताव गरे अनुसार मन्त्रिपरिषद्ले लगानी तथा विकास सम्मेलन मंसिर १ र २ गते गर्ने निर्णय गरेको हो । यसअघि असाेजमा गर्ने भनिएकाे थियाे ।