धनगढी उपमहानगरले ल्यायाे २ अर्ब ५६ करोड चार लाखको बजेट

धनगढी । सुदूरपश्चिमकाे एक मात्र उपमहानगर कैलालीको धनगढीले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ अर्ब ५६ करोड चार लाख ६६ हजारको बजेट ल्याएकाे छ। शनिवार सम्पन्न नगर सभाबाट उक्त रकमकाे बजेट पारित भएको उपमहानगरले जनाएकाे छ।

धनगढी उपमहानगरले चालु आर्थिक वर्षको बजेट भन्दा ३७ करोड ६२ लाख ३३ हजार सात सय ८० रुपैयाँ अर्थात् १७ दशमलव २२ प्रतिशतले बजेट वृद्धि गरेको छ। धनगढी उपमहानगरपालिकाले एक अर्ब ३८ करोड २६ लाख ५१ हजार छ सय ४० रुपैयाँ चालुतर्फ र एक अर्ब १८ करोड २९ लाख ३५ हजार २ सय ९२ रुपैयाँ पुँजीगत तर्फको बजेट पारित गरेको छ।

उपमहानगरपालिकाको कुल बजेटको ५३ दशमलव ८ प्रतिशत चालु तर्फ र ४६ दशमलव २ प्रतिशत पुँजीगत बजेट रहेको छ । पालिकाको आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार एक सय ११ रुपैयाँ रहेको छभने राज्यश्व बाँडफाँडबाट ५७ करोड ६० लाख ६२ हजार एक सय ४३, नेपाल सरकारबाट वित्तिय हस्तान्तरण ९९ करोड नौ लाख, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण ११ करोड २२लाख ४१ हजार र मौज्दात ३३ करोड ३२ लाख ९५ हजार सात सय ४६ रुपैयाँ रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.