माओवादीकाे मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु

बैतडी । नेकपा (माओवादी केन्द्र) को ‘मध्यपहाडी’ लोकमार्ग केन्द्रित अभियान सुरु भएको छ । शुक्रबार बैतडीबाट माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको हो ।

पूर्व प्रधानमन्त्री समेत रहेका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ । May be an image of 3 people, crowd and text‘जनातासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभाम्भ गर्न यहाँ पुगेका पूर्व प्रधानमन्त्री प्रचण्ड लगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए ।

यो अभियानको नेतृत्व अध्यक्ष प्रचण्ड स्वयंले गर्नेछन् । अभियानमा भाग लिन पार्टीका अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इञ्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू उपस्थित भएका छन ।

यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ । अभियानले विभिन्न जिल्लामा भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ । यसले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेण्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ । अभियान जेठ १० गते कास्की पोखरामा समापन हुनेछ ।May be an image of 2 people and text

May be an image of one or more people, speaker and crowd

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.