माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद आजपनि मिलेन

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलभित्र देखिएकाे विवाद आज पनि समाधान हुन सकेन् । सहमतिमै विवाद मिलाउन अध्यक्ष प्रचण्डले सांसदहरूलाई काठमाण्डाैं डाकेकाे भएपनि छलफल हुन नसकेकाले समाधान नभएकाे हाे ।

लामो समय देखिको विवाद समाधानका लागि प्रचण्डले आज बुधवार दिउँसो १ बजे दलका नेताहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए । तर, प्रचण्ड हिजो राति शौचालयमा लडेर घाइते भएपछि छलफल स्थगित भएको बुझिएको छ । सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओलीले अर्को सूचना नआएसम्म छलफल स्थगित भएको जानकारी दिए ।

उनले भने- ‘छलफलका लागि दिउँसो १ बजे खुमलटार  बोलाउनुभएको थियो । अहिले भर्खर बैठक स्थगित भएको खबर आएको छ । अर्को पटक बोलाउँछौ भनेका छन् । कहिले बोलावट हुन्छ थाहा छैन ।’

२०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर धामी दलको नेता बनेपछि विवाद उत्कर्षमा पुगेको छ । प्रचण्डले सहमतिमै विवाद समाधान गर्न पटक पटक निर्देशन दिएपनि कार्यान्वयन भएको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.