धनगढी । नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको तराइ-मधेस जागरण कञ्चनपुर पुगेर समापन हुँदैछ । हुलाकी राजमार्ग केन्द्रित अभियान टोली १५ गते साँझ कैलाली प्रवेश गर्ने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको केन्द्रीय पदाधिकारीको टोली वैशाख १५ गते (सोमबार) कैलाली पुग्ने र टोलीलाई साँझ ५ बजे टीकापुर नगरपालिकाको सत्ती कर्णालीमा स्वागत गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले जानकारी दिए । उनकाअनुसार अभियान टोली सोमबार राति टीकापुर-७,८ र ९ मा बास बस्नेछ भने १६ गते बिहान सुर्यपुर सत्ती बजारमा मर्निङ वाकको कार्यक्रम रहेको छ ।
१६ गते बिहान ८ बजे टीकापुर- ८ सुर्यपुरमा सहिद परिवार भेटघाट, ९ बजे देखि १० बजेसम्म वडा नं ९ को झुंगामा जनसभा कार्यक्रम र ११ बजे कैलारी गाउँपालिका-५ वैसपुरमा सहिद परिवार भेटघाट कार्यक्रम रहेको उनले छ । १६ गते साढे १२ बजे कैलारी गाउँपालिका-५ वैसपुरमा जनसभा, दिउँसो साढे २ बजे सम्म धनगढी उपमहानगर पालिकाको डिपोबजारमा सहिद परिवार भेटघाट र साढे ३ बजे धनगढीको ओम पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम रहेको छ ।
त्यसपछि अभियान टोली हुलाकी राजमार्ग हुँदै कञ्चनपुर जाने छ । १६ गते साँझ साढे ५ बजे अभियान टोलीलाई कञ्चनपुरका लागि धनगढी भन्सारबाट विदाइ गरिने बुढाले बताए । १६ गते साँझ पुनर्वास नगरपालिका-११ डोकेबजारमा अभियान टोलीलाई स्वागत र गुम्बा निरीक्षण तथा पुनर्वास नगरपालिकाको कार्यालयमा स्वागत भेटघाट गरि वडा नं २ मोतिबस्तीमा बास बस्ने कार्यक्रम छ ।
वैशाख १७ गते बिहान पुनर्वास नगरपालिका-२ मोतिबस्तीमा मर्निङ वाक, ७ देखि ८ बजेसम्म मोतिबस्तीस्थित सहिद स्मृति सभा हलमा सहिद परिवार भेटघाट, साढे ९ देखि १० बजे बेलौरी नगरपालिका-५ स्थित रामनगर खानेपानी उद्घाटन, सहिद सालिक माल्यार्पण तथा सोभाताल अवलोकन र १०:१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभा हलमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम रहेको छ ।
१७ गते दिउँसो १ बजेदेखि साढे १ बजेसम्म बेलडाँडी गाउँपालिकाको चौवन्नी बजारमा भेटघाट र २ देखि साढे २ बजेसम्म बेदकोट सामादैजी हुलाकीमार्ग पश्चिम प्रवेशद्वारमा अवलोकन, सहिद परिवार भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसैदिन साढे ३ बजेदेखि ५ बजेसम्म भीमदत्त नगरपालिका-४ स्मारक चोकमा अभियान समापन कार्यक्रम रहेको छ।