गृहमन्त्रीकै गृहप्रदेश एक महिनादेखि प्रहरी कमाण्डर विहीन

धनगढी । शान्ति सुरक्षाकालागि प्रहरी प्रशासनकाे कमाण्ड गर्ने गृहमन्त्री रमेश लेखककाे गृहप्रदेश सुदूरपश्चिम महिनादेखि प्रहरी कमाण्ड विहीन छ । प्रदेश प्रहरी प्रमुखको रुपमा रहने डीआईजी अवकाशमा गएपछि र अर्काे डीआइजी सरुवा भएर नआएकाले यस्ताे अवस्था भएकाे हाे । 

यहाँ एक महिनादेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले कमाण्ड सम्हालि रहेका छन् । सुदूरपश्चिम प्रदेशका डीआईजी गणेश चन्द ४ चैतमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएयता उक्त प्रदेश डीआईजी बिहिन भएकाे हाे ।

पहिला एआईजीको बढुवा गरेपछि मात्रै डीआईजीको बढुवा गर्ने तयारी रहेकाले अझै केही समय सुदूरपश्चिम लगायत देशका गण्डकी र कर्णाली प्रदेशहरु डीआईजीविहीन हुने प्रहरी उच्च स्राेतले जानकारी दिएकाे छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.