भीम रावलकाे स्वगतमा गएका पूर्वमन्त्री सुवेदी बुवा-छाेरा कार्वाहीमा

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहित उनका छाेरालाई पार्टीबाट निष्कासन गर्न एमालेले सिफारिस गरेको छ। नेकपा एमाले कैलालीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री सुवेदी र जिल्ला कमिटी सदस्य रहेका उनका छाेरा भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरने गरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो।

एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले जिल्ला कमिटीका सदस्य समेत रहेका भिष्मराज सुवेदीलाई जिम्मेवारी मुुक्त गर्दै संगठित सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको बताए। भट्टले पूर्वमन्त्री सुवेदी पनि एमालेबाट निष्कासन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको बताए।

एमाले कैलालीले पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरेका दुवै जना नातामा बुवा–छोरा हुन्। उनीहरू एमालेमा भीम रावल निकट मानिँदै आएका थिए। रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन्। केही दिनअघि उनीहरु भीम रावललाई धनगढी बिमानस्थलमा स्वागत गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.