धनगढी । नेपाली काँग्रेसका नेता डा. शेखर काेइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा नेता काेइरालाले यस्ताे बताएका हुन् ।
वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाे प्रधानमन्त्री स्वयंले नै स्विकारेकाे बताउँदै नेता काेइरालाले भने ‘याे सरकार बनेकाे ५ महिना भयाे, अब सुधार गर्दै अघि बढनुपर्छ ।’ उनले भने- ‘याे सरकारलाई असफल हुने छुट छैन, कुनै पनि हालतमा अघि बढनुपर्छ । जुन म्याण्डेड अनुसार सरकार बनेकाे हाे त्यही अनुसार अघि बढनु पर्छ ।’
नेता काेइरालाले सरकारले तत्काल संविधान सुधारका लागि सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्ने बताए । काेइरालाले भने-‘तर अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा पटक्कै छलफल गरेकाे छैन, अब सबैले दवाव दिनुपर्छ ।’
काइरालाले १४ औ महाधिवेशनमा सभापतिमा चुनाव लड्ने र जित्नेमा पनि आफु सतप्रतिशत ढुक्क रहेको बताए । पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नाे कुनै दुरी नभएकाे उनको दाबी छ। उनले सभापति सुदूरपश्चिमकाे मात्र नभइ देशकै आदरणीय ब्यक्ति रहेकाे बताए ।