धनगढी । नेकपा माओवादी केन्द्रको धनगढी उपमहानगरपालिकाको अध्यक्षमा बलबहादुर ऐर निर्वाचित भएका छन् । सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा ऐर निर्वाचित भएका हुन ।
अधिवेशनकाे बन्दशत्रमा आकाँक्षी धेरै देखिएपछि निर्वाचनबाट नेतृत्व चयन भएकाे थियाे ।उनले निकतम प्रतिद्वन्द्वी ललित खत्रीलाई पराजित गर्दै विजयी भएका हुन । यस्तै उपाध्यक्षमा रमेश भट्टराई, रामबहादुर चौधरी र धनबहादुर चौधरी निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ ।
सचिवमा सुरेश सुनार, सह-सचिवमा मुकेश रैका र कोषाध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् । पार्टीको दोस्रो अधिवेशनबाट ७१ सदस्यीय उपमहानगर समिति निर्वाचित भएको जनाइएको छ ।
यसअघि धनगढी उपमहानगरपालिका ३ का वडाअध्यक्ष भैसकेका ऐर स्थानीय स्तरका लाेकपृय नेता मानिन्छन् ।