Dashain Suvakamana

यस बर्ष पनि २२ गतेदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव

धनगढी । विगतमाझैं कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सव यस बर्ष पनि यही मंसिर २२ गतेदेखि धनगढीमा लाग्ने भएको छ । १८औँ संस्करणको हुने यस बर्षकाे महाेत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ पुस २ गतेसम्म सञ्चालन हुनेछ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गरी आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुर्नस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको बताए ।

महोत्सवमा अनुमानित ३ करोडको लगानी हुने दाबी गरिएको छ भने उद्योगी व्यवसायको १५ करोड बराबरको कारोबार हुने अनुमान आयोजकको छ । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला ,फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, होटेल र सूचना प्रविधि गरी ५०० सम्म स्टलहरु रहने संघका अध्यक्ष कुँवरले जानकारी दिए । उनका अनुसार करिब ९५ प्रतिशत स्टल बुक भइसकेको छ । महोत्सवको करिब ७० प्रतिशत काम पनि सम्पन्न भइसकेको छ ।

सुरक्षाको दृष्ट्रिकोणले पूर्णरुपमा अत्याधुनिक सिसि क्यामराले निरीक्षण गरिनुका साथै निजी र सरकारी सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको बताइएको छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५० टिकटदर राखिएको छ भने सर्वसाधारणलाई १००, जेष्ठ नागरिक र अपाङ्गता भएकालाई प्रवेश निशुल्क गरिने संघका अध्यक्ष कुँवरले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.