Dashain Suvakamana

सुदूरपश्चिममा १०४ जना जुवाडे पक्राउ, २२ लाखका पटाका बरामद

Ajai

धनगढी । दसैँ–तिहारलगायतका ठूला चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ। चाडपर्वका बेला चोरी, लुटपाट, जुवातास, अवैध पटाका तथा विस्फोटक पदार्थको कारोबारलगायतका गतिविधि बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।

चाडपर्वलाई लक्षित गरी प्रदेशभर ४ हजार ५ सय ५ जना प्रहरी परिचालन गरिएको थियो। डेढ महिनाको अवधिमा प्रहरीले जुवातास खेल्ने १ सय ४ जनालाई पक्राउ गर्नुका साथै करिब २२ लाख रुपैयाँ बराबरका पटाका तथा विस्फोटक पदार्थ बरामद गरेको छ। दसैँ–तिहार सुरक्षा योजनाअन्तर्गत प्रहरीले जुवातास नियन्त्रण र अवैध विस्फोटक पदार्थको ओसारपसार रोक्न विशेष निगरानी बढाएको थियो।

असोज र कात्तिक महिनाको हालसम्म जुवातास खेलिरहेको अवस्थामा १ सय ४ जना पक्राउ परेका छन्। उनीहरूबाट ४ लाख २३ हजार रुपैयाँभन्दा बढी नगद बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता पदम बिष्टले बताए। उनका अनुसार डेढ महिनाको अवधिमा प्रदेशका विभिन्न १२ स्थानमा जुवाखालमा छापा मारिएको थियो। कैलाली, कञ्चनपुर र अछाममा जुवातास खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

चाडपर्वका बेला मनोरञ्जनका नाममा जुवातास खेल्ने प्रवृत्ति बढ्ने र त्यसले आर्थिक तथा सामाजिक अपराधलाई समेत प्रोत्साहन गर्न सक्ने भएकाले प्रहरीले यसविरुद्ध अभियान नै सञ्चालन गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.