सुदूरपश्चिम सरकारद्वारा दलित र अपाङ्गता बिधार्थीलाई वेवास्था

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले एमबिबिएस पढ्न छात्रवृत्तिका लागि जारी गरेको सूचनामा दलित र अपाङ्गता भएका ब्यक्तिलाई वेवास्था गरेको छ । छात्रवृति वितरण कार्यविधिमा दलित र अपाङ्गता भएका ब्यक्तिलाई समेटेकाे भएपनि प्रदेश सरकारले एमबिबिएस पढ्न छात्रवृत्तिकालागि जारी गरेको सूचनामा यी दुबै वर्गलाई वेवास्था गरेको हो ।

त्रिलाेचन भट्ट सरकारकाे पालामा २०७६ साल देखि यो कार्यक्रम सञ्चालन गर्दै आएकोमा गत वर्ष मात्रै तत्कालिन सामाजिक विकास मन्त्री झपट साँउदले छात्रवृति वितरण कार्यविधि समावेशी नभएकाेले महिला दलित आदिवासी जनजाति पिछडिएको क्षेत्रसँगै अपाङ्गता भएकाे विधार्थिलाई समेटन संसाेधन गराएका थिए । जसअनुसार गत बर्ष मात्रै एक जना दलित राहुल नेपालीलाई छात्रबृती दिएको थियो। तर यस वर्ष सरकारले न दलित समेटेकाे छ, नही त अपाङ्गता भएका बिधार्थी ।

सुदूरपश्चिम प्रदेश सरकारले ९ जनालाई एमबिबिएस पढ्न छात्रवृत्ति दिन जारी गरेको सूचनामा ५ सिट खुला, २ सिट महिला, १ सिट आदिवासी जनजाति र १ सिट पिछडिएको क्षेत्रकालागि छुट्टाएर दरखास्त आव्हान गरिएकाे छ । सुदूरपश्चिम प्रदेशमा स्थायी घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका ९ जनालाई एमबिबिएस पढ्न छात्रवृत्ति दिन सुदूरपश्चिम प्रदेश सरकारले छात्रवृत्ति लागेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.