Dashain Suvakamana

रात्रीकालिन बजारसहित धनगढीमा आधुनिक पार्क बन्दै

Ajai

धनगढी । कैलालीको धनगढीमा रहेकाे बिरेन्द्र ऐश्वर्य पार्क अब  रात्रीकालिन बजारसहितको आधुनिक पार्क बन्ने भएको छ । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालका अनुसार पार्क निर्माणको प्रक्रियालाई सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइले अघि बढाएको छ ।

पहिलो चरण अन्तर्गत ब्लक १ देखि ७ सम्मको ठेक्का सम्झौता गरिएको छ । पहिलो चरणको काम पूरा गर्न ६ करोड ४६ लाख ८८ हजार रुपियाँमा ठेक्का सम्झौता भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए । पार्कलाई बच्चा, वयस्क, वृद्ध र व्यावसायिक गरी चार भागमा विभाजन गर्ने जनाइएको छ ।

उनले पार्क क्षेत्रको बाहिरी भागमा रात्रिकालीन बजार सञ्चालनका लागि पनि डिपिआरको तयारी पूरा भएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.