सुदूरपश्चिमको बजेटप्रति सामाजिक संघसंस्था र निजी क्षेत्र असन्तुष्ट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। आइतबार नेपाल चेम्बर अफ कमर्श सुदूरपश्चिम प्रदेश, कैलाली च्याम्बर अफ कमर्श र सम्वृद्ध सुदूरपश्चिम अभियानको संयुक्त रुपमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशको २०८१/८२ को बजेटमा निजी क्षेत्रका कुरा कति पुरा कति अधुरा विषयमा बोल्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ।

प्यानल डिस्कन, छलफल र अन्तक्रियामा सहभागि उद्योगी व्यवसायीले सुदूरपश्चिम प्रदेशको बजेटले निजी क्षेत्रलाई उपेक्षा गरेको बताएका छन्। प्याप्सन केन्द्रिय उपाध्यक्ष जगवीर थापाले शिक्षा क्षेत्रमा प्रदेश सरकारले ठोसठोस रुपमा बजेट विनियोजन गर्न नसकेको बताए। निजी विद्यालयमा हितमा हुने गरी बजेट आउन नसकेको उनले बताए ।

सेती महाकाली इँटा व्यवसायी संघ कैलालीका अध्यक्ष मनोज महतले प्रदेश सरकारको बजेटले आफुहरुजस्ता व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्न नसकेको बताए। इँटा व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर बन्न नसकेको उनको गुनासो छ।

कैलाली वितरक संघ कैलालीका अध्यक्ष सिद्धराज पनेरुले सुदूरपश्चिम प्रदेको आर्थिक विकास, पर्यटन, कृषि र औद्योगिक क्षेत्रको विकासमा चालु आर्थिक वर्षको बजेट मात्र नभएर यसअघिका कुनै पनि बजेटले सम्बोधन गर्न नसकेको बताए। निजी क्षेत्रले अघि सारेका विकासका योजना लत्याउने काम मात्र हुँदै आएको निजी क्षेत्रको गुनासो छ।

यसअघि अपाङ्गता भएका भएका र दलित, महिला. जनजाती तथा कलासंस्कृती क्षेत्रका सराेकारवालाले बजेटकाे बिराेध गर्दै मुख्यमन्त्री र मन्त्रीकाे ध्यानाकर्षण गरेकाे थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.