Dashain Suvakamana

टिकटकबाट उदाएकी ‘मिस पवि’काे के छ भावी याेजना ?

धनगढी । टिकटकबाट कलाकारिता संसारमा उदाएकी पवित्रा साकी अर्थात ‘मिस पवि’ माेडल र म्युजिक भिडियो हुंदै पछिल्लो समय आफूलाई कमेडी कलाकारको रूपमा समेत प्रस्तुत गरिरहेकी छन्। कलाकारिताका सबै विधाकाे अनुभव बटुल्दै ‘मिस पवि’ कमेडीको अलावा फिल्मको दौडमा पनि छिन् ।

केही अगाडि उनको अभिनय रहने फिल्म ‘राजमहल’ घोषणा भएको थियो । उक्त फिल्म छायाङ्कनको भने अत्तोपत्तो छैन । फिल्मको छायाङ्कन मंसिरबाट हुने तयारी भइरहेको उनले बताइन् । ‘राजमहल’ बाहेक अहिले पनि उनीसँग अन्य फिल्मका अफर छन् । ती फिल्मको स्क्रिप्ट अध्ययनमा आफू रहेको उनले बताइन् ।

कमेडियन विक्की अग्रवालले निर्माण तथा निर्देशन गरेकोे कमेडी शो ‘कमेडी दरबार’मा उनी केही सातादेखि नियमित देखिँदै आएकी छन् । कमेडी अनुभव अलिअलि दुःखद् र अलिअलि सुखद् रहेको ‘मिस पवि’ले बताइन् । ‘सुरुका दिनदेखिनै राम्रो रेस्पोन्स पाइरहेको छु । सबैबाट साथ पनि मिलेको छ । अझै राम्रो गर्नु भनेर धेरैले प्रतिक्रिया दिइरहेका छन्’, उनले भनिन् ।

अहिलेसम्म गरिरहेको काममध्ये यो शोबाट केही नयाँ अनुभूति गर्न पाएको उनले बताइन् । त्यसको त किन कमेडी गरेको भनेर उनलाई गाली गर्ने पनि छन् ।’ कमेडी मोडलिङ जस्तो सजिलो छैन भन्ने उनले बुझेकी थिइन् । त्यसैले अफर आउँदा पहिले सक्दिनँ कि भन्नेसमेत लागेर उनले काम गर्न आनाकानी गरेकी थिइन् । टिमका सदस्य तथा चिनेजानेकाले काम गर्दा राम्रो हुन्छ भनेर उनलाई लगातार हौसला दिए । त्यसपछि उनी शोमा प्रवेश गरिन् ।

‘अरु अभिनयको तुलनामा कमेडीमा मेहनत धेरै गर्नुपर्दाे रहेछ,’ मिस पविले भनिन्, ‘अरुलाई हँसाउन कहाँ सजिलो रहेछ र ? त्यो त निकै गाह्रो हुँदो रहेछ ।’359805607_246856814784287_6688786625136063367_n

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.