Dashain Suvakamana

बडिमालिकामा भक्तजनको घुइँचो

धनगढी ।  प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा आइतबार बिहानैदेखि पूजाआजा चलिरहेको छ । हरेक वर्षको भाद्र शुक्ल चतुर्दशी (जनैपूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा हुने प्रचलन छ ।

mahotsab

जिल्ला प्रशासन कार्यालय बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट हिँडेका सरकारी टोली धार्मिक परम्पराअनुसार शनिबार बाजुरामा पर्ने बडिमालिका मन्दिर पुगिसकेका छन् । तीर्थालु भक्तजन शुक्रबार त्रिवेणीमा, शनिबार बिहान त्रिवेणीमा स्नान गरेर साँझ बडिमालिकामा पुगेका छन् ।

समुद्री सतहदेखि ४ हजार २ सय १६ मिटर उचाइमा रहेको बडिमालिकामा चलिरहेको पुूजाआजामा हजारौंको संख्यामा भक्तजनको घुइँचो रहेको त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले बताए । ‘नेपाल र भारतका विभिन्न ठाउँबाट तीर्थालु भक्तजन र पर्यटक बडिमालिका पुगेका छन्,’ नगरप्रमुख थापाले भने ‘बडिमालिका पुग्ने पर्यटकको संख्या पनि बर्सेनि बढिरहेको छ ।’

त्रिवेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले आफूले इच्छाएका सबै मनोकांक्षा पूरा हुने जनविश्वास हिन्दुू धर्मावलम्बीमा रहिआएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.