सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भाेलि बुधबार विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । शाहले सोमबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भनेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बुधबारलाई विश्वासको मत लिनेगरी मुख्यमन्त्रीबाट पत्र आएको बताए । ‘सचिवालयमा पत्र आएको छ । मंगलबार प्रदेशसभाको बैठक पनि छ । मंगलबारको बैठकपछि बुधबार विश्वासको मतको लागि बैठक राख्ने नराख्ने निर्णय हुन्छ ।’

शाह एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गत यही साउन २० गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.