सुदूरपश्चिमको विशेषअधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरिएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधवार राति १२ बजेदेखि प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरेका हुन्।

जनजीवीकाका समसमायक विषयमा छलफल चलिरहेकाे सभा अन्त्य गरेको सुदूरपश्चिम सरकार तत्काल राजस्व सङ्कलनका लागि अध्यादेश ल्याउने तयारीमा छ । सुदूरपश्चिमको बजेट शून्यताको अवस्था हटाउन राजस्व सङ्कलन सम्बन्धी व्यवस्था गर्न बनेको सामूहिक कर अध्यादेश २०८१ ल्याइन थालिएको छ।

सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयले मस्यौदा गरेको उक्त अध्यादेश बुधवार मन्त्रीपरिषद् बैठकमा पेस गरिएको थियो। बिहिवारको मन्त्रीपरिषद् बैठकले अध्यादेश स्वीकृत गरि प्रमाणीकरणका लागि प्रदेश प्रमुखलाई पठाइने सुदूरपश्चिम सरकारले बताएको छ।

प्रदेश प्रमुखले अध्यादेश प्रमाणीकरण गरेपछि सुदूरपश्चिममा साउन १ गतेदेखि ठप्प रहेको राजस्व सङ्कलनको बाटो खुल्नेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.