धनगढी । सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउदै छ । प्रदेश सरकार गठनयता पाँचाै मुख्यमन्त्रीकाे रुपमा नेपाली काङ्ग्रेसबाट संसदीय दलका नेता कमल बहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी रहेको देखिएको छ ।
मुख्यमन्त्रीमा काङ्ग्रेसबाट तीन जनाको दाबी रहेपनि संसदीय दलका नेता कमल बहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढि रहेको काङ्ग्रेस नेताहरु बताउद्छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरि तयारी अगाडी बढाउन निर्देशन दिइसकेकाले अरू दुई आकाङ्क्षी प्रकाश देउवा र बहादुर सिंह थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेका बताइएकाे छ।
शाह यसअघि २०७९ माघ २६ गते ठुलो दलको नेताकाे हैसियतले मुख्यमन्त्री बनेका थिए भने अहिले प्रदेश प्रमुख नजिर मियाँले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई नयाँ सरकार गठन आव्हान गरेकाले साेही बमाेजिम काङ्ग्रेस संसदीय दलका नेता शाह काँग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नलागेका हुन् ।
उनले आज साँझ नै मन्त्री मण्डल गठन गर्ने बुझिएकाे छ ।