धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (शुक्रवार) विश्वासको मत लिने भएका छन्। असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने भएका हुन्।
यसका लागि शुक्रवार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए। असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए। उनले विश्वासको मत लिने अन्तिम दिन आज (शुक्रवार) विश्वासको मत लिन लागेका हुन्।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री भएका थिए। तर केन्द्रमा नयाँ गटबन्धन बनेसँगै एमालेले असारको २० गते उनलाई दिएको समर्थन फिर्ता लिएपछि उनकाे सरकार अल्पमतमा रहेकाे थियाे ।