कैलालीको गोदावरी नगरपालिकाले भात खाएरै सक्याे २१ लाख

धनगढी। स्थानीय जनताकाे सुखदुखकाे साथी पालिका सरकार जनअपेक्षा अनुसार बिकास निर्माणमा लाग्नुपर्ने भएपनि कैलालीकाे गाेदावरी नगरपालिकाले विकास निर्माणका कामलाई लत्याएर फजुल खर्च गर्ने काम भइरहेको छ। आर्थिक वर्ष २०७९/८० मा भात खाएर मात्र २१ लाख रुपैयाँ सकिएको देखिन्छ।

गोदावरीको आन्तरिक आम्दानी घट्दै गएका बेला भात खाएवाफत मात्र २१ लाख रुपैयाँ खर्च गरिएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रहेर औचित्यको आधारमा खर्च गर्नुपर्ने उल्लेख छ।

तर गोदावरी नगरपालिकाले भने ऐन र सो ऐनको दफा विपरीत खाना तथा विविध खर्च भनेर २१ लाख रुपैयाँ खर्च गरेको छ। जुन गोदावरी नगरपालिकाको ९ करोड ९२ लाख २१ हजार ८ सय १ को २ दशमलव ११ प्रतिशत हो। खानाको नाममा औचित्यबिना नै खर्च गरेको पाइएको हो।

खाना मात्र नभएर खाजाको नाममा पनि गोदावरी नगरपालिकाले ७ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ। नेपाल सरकार मन्त्रीपरिषको २०७४ बैशाख २१ गतेको निर्णय र दरबन्दीभित्रका करार कर्मचारीहरुलाई दिने सुविधासम्वन्धि २०७५ बैशाख २५ गतेको पत्राचारमा करार कर्मचारीहरुको सुविधामा स्थानीय भत्ता र मंहगी भत्ता लगायत अन्य भत्ता दिन नपर्ने उल्लेख छ। यसका साथै करार कर्मचारीलाई खाजा खर्च दिन नहुने समेत उल्लेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.