धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आगामी वर्षकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभाकाे आजकाे बैठमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
बैठक केही वेरपछि बेलुका ४ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएकाे छ । यसअघि मुख्यमन्त्री सोडारीले गत आइतबार प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ को प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेका थिए ।
त्यसपछि सो विधेयक उपर छलफल चलाउन खोजिएको भएपनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)ले निरन्तर प्रदेश सभा बैठक बहिष्कार गर्दै आएको थियाे ।