प्रदेशकाे भागबण्डा मिलाउन मुख्यमन्त्री साेडारी काठमाण्डाै हानिए

धनगढी । मुख्यमन्त्रीमा नियुत्त भएदेखि सरकारलाइ पुर्णता दिन दाैडधुपमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारी यतिबेला काठमाण्डाै पुगेका छन् । हिजाे साँझ नै काठमाण्डाै हानिएका उनी सत्ता गठबन्धनका शिर्ष नेतालाइ भेटेर मन्त्रालय भागबण्डा टुङग्याएर मात्रै फर्किने मुख्यमन्त्री साेडारी नजिक श्राेतले बताएकाे छ ।

वैशाख ६ मा मुख्यमन्त्री नियुक्त भएर ३ जेठमा विश्वासको मत लिएका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अझै सरकारलाइ पुर्णता दिन सकिरहेका छैन् । साेडारीलाइ मुख्यमन्त्रीमा समर्थन गरी बिश्वासकाे मत दिएका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु मालदार मन्त्रालयमा आआफ्नाे दावी गरिरहेका बेला भागबण्डा मिलाउन मुख्यमन्त्री काठमाण्डाै लागेका हुन् । 

आर्थिक मामिला मन्त्रालयमा एमाले र माओवादीकाे दावी रहेकाे भन्ने प्रश्नमा त्यस्ताे केही नभएकाे माओवादीका एक नेताले बताए । उनकाअनुसार माओवादीले सामाजिक विकास र उधाेग पर्यटन बन तथा बतावरण मन्त्रालय पाउन्छ हाेला।

नेकपा (एकीकृत समाजवादी)पार्टीबाट मुख्यमन्त्री बनेका सोडारीले हालसम्म नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री र टीका थापालाइ भूमी ब्यवस्था कृषि तथा सहकारीमा नियुक्त गरेका छन् । स्वतन्त्र सांसद डा. तारा जाेशी पनि मन्त्री बन्ने लाइनमा रहेकाे बताइएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.