Dashain Suvakamana

पत्रकार भवानी ऐरलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

Ajai

धनगढी । सुदूरपश्चिमलाई कर्मथलो बनाएका पत्रकार भवानी ऐर राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । राष्ट्रिय पत्रकारिता दिवशको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई एक लाख नगसहित ताम्रपत्रले पुरस्कृत गरेको हो ।

शितल निवासमा आज एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार ऐरलाई पुरस्कृत सामग्री सहित फुल माला र दोसल्ला ओढाई सम्मान गरेका हुन्।

केही दिनअघि मात्रै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट उनलाई भुषित गरेको थियो । 

डडेल्धुरा घर भएका ऐर समाचार सङ्कलन गर्नेबेला सडक दुर्घटनामा परी घाइते अपाङ्गता अबस्थामा पनि पत्रकारीतामा सक्रिय छन्।

हाल उनी गोरखापात्रको लागि कैलाली जिल्ला समाचारदाता हुन् भने धनगढीबाट समावेशी आवाज साप्ताहिक पत्रिका र सुदूर आवाज डट कम अनलाइन समेत चलाई रहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.