एमालेलाई उछिन्दै बझाङमा काङ्ग्रेस अगाडी

धनगढी। प्रदेश सभा सदस्यका लागि बझाङ १ (१) मा भएकोउपनिर्वाचनमा कांग्रेसका उम्मेदवार अभिषेक सिंहले अग्रता बनाएका छन् । सुरुवाती चरणमा अग्रता लिएका नेकपा एमालेका उम्मेदवार दमन भण्डारीलाई पछि पार्दै सिंहले अग्रता बनाएका हुन्।

छविसपाथिभेरा, जयपृथ्वी नगरपालिका, खप्तड छान्ना र सुर्मा गाउँपालिका सबै तथा थलराको ९ नम्बर वडाको २० हजार ३३ मत गन्दा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेस उम्मेदवार सिंहले २४९ मतले अग्रता बनाएका छन् ।

अहिलेसम्म कांग्रेस उम्मेदवार सिंहले ७ हजार ४८८ मत पाउँदा एमाले उम्मेदवार भण्डारीले ७ हजार २३९ मत पाएका छन् । माओवादी उम्मेदवार जनक बुढाले २ हजार ८९५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २हजार १०२ मत पाएका छन् ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.