धनगढी। स्थापना कालदेखि नै पाहुनाहरुको मनोरन्जनात्मक क्रियाकलापमा बढ्नोति गर्दै पर्यटन क्षेत्रमा अतुलनीय योगदान पुराउदै आएको धनगढी रिङ्गरोड बडहरामा रहेको फीस रिसोर्ट एण्ड पार्कले यहि चैत्र ३० गते न्यू इयर इभ मनाउने भएको छ।
अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुषे पन्ध्र तथा न्यु ईयर ईभको बिशेष कार्यक्रम आयोजना गरेको रिसोर्टले अहिले स्थानीय कलाकारलाई प्रमोट गर्न न्यू इयर इभ मनाउने भएको हो। स्थानीय कला संस्कृतिबाट ग्राहकहरुलाई भरपूर मनोरञ्जन दिने उद्देश्यले नयाँ वर्षको अघिल्लो दिन यस्तो प्रोग्राम आयोजना गर्न लागेको रिसोर्टले पत्रकार सम्मेलन गरि बताएको छ। जहाँ बच्चादेखि बृद्धसम्मलाई एउटै ठाउँमा मनोरन्जन दिने आयामका रुपमा प्रोग्राम सञ्चालन गरिएको हो।
चैत्र ३० गतेको हुने सांस्कृतिक कार्यक्रममा कलाकारको लाइभ म्युजिक, डान्स एण्ड कमेडिसहित बेजोड प्रस्तुति हुनेछ । प्रवेश शुल्क दुई सय पच्चास रुपैयाँ राखिएको रिसोर्टका संचालक गोबिन्द भण्डारीले जानकारी दिए ।
ग्राहकलाई फिसिंङ्ग गर्न, बोटिङ, जिप लाइन, वाटर बल, वाटर साइकलिङ, तालमाथी जिपलाइन्, बच्चा लगायत मनोरन्जनका लागि थुप्रै सेवाहरु रहेको संचालक भण्डारीले बताए । उनले भने, “सुदूरपश्चिममा अन्य कतै नभएको र पर्यटकहरुले खोजेको सेवा हामीले ल्याएका छौँ, यसबाट धनगढीको पर्यटन प्रबद्दनमा समेत टेवा पुग्ने अपेक्षा छ ।”
पछिल्लो समय नयाँ व्यवस्थापानका साथ संचालनमा रहेको रिसोर्टले एकपछि अर्को गरि नयाँ-नयाँ सुबिधा सेवा विस्तार गरिरहेको छ। वातावरणका हिसाबले स्वच्छ, सफा ठाउँ भएकाले पनि पर्यटकहरुको रोजाई एडभेन्चर फिस रिसोर्ट एण्ड पार्क परेको छ ।