किन लाग्दैछ मुख्यमन्त्री शाहलाई चैत २२ चाँडो नआईदिए हुन्थ्यो ?

धनगढी। केन्द्र सरकारमा नयाँ समीकरण बनेपछि सुदूरपश्चिममा अल्पमतमा परेको मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार जोगाउन सकस परेको छ । बहुमत जुटाउन जस्तोसुकै कदम चाल्न तयारीमा रहेका शाह विश्वासको मत लिइसक्नुपर्ने अन्तिम दिन नजिकिँदै गर्दा नागरिक उन्मुक्ति पार्टी विवाद उत्कर्षमा पुगेकाले अब ‘चैत २२ चाँडो नआईदिए हुन्थ्यो’ लाग्नथालेको छ।

यही चैत २२ गतेभित्र मुख्यमन्त्री शाहले विश्वासको मत लिइसक्नु पर्ने समयसीमा छ। मुख्यमन्त्री शाहले होली (फागु पूर्णिमा) लगत्तै प्रदेश सभाबाट विश्वासको मत लिने योजना बनाएको सचिवालयले जनाएकोमा अहिलेसम्म बिश्वास मत पाउने आधार बनिसकेको छैन्। सत्ता जोगाउन रेशमको सल्लाहमा उक्त पार्टीका सबै सांसदलाई सरकारी सुबिधा दिन ७ मध्ये ५ जनालाई मन्त्री बनाएपनि अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय कमिटीको बैठकबाट औपचारिक निर्णय नै गराएर समर्थन फिर्ता लिन संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन नै दिएकी छिन्।

यस्तो अवस्थामा सरकारमा जान र मन्त्री खान अन्य राप्रपा र स्वतन्त्र सांसद पनि अलमलमा छन्। त्यसले मुख्यमन्त्री शाहलाई अब ‘चैत २२ चाँडो नआईदिए हुन्थ्यो’ लाग्नथालेको हो। तर, मुख्यमन्त्री शाहले अहिले किचलो देखिएको भएपनि अन्ततः नागरिक उन्मुक्तिको सर्वेसर्वा भनेकै रेशम नै भएकाले उनले मेरै सरकारलाई सहयोग गर्ने र आफू बहुमतसिद्ध हुने बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.