Dashain Suvakamana

सुदूरपश्चिमका विना विभागीय दुई मन्त्रीले पाए जिम्मेवारी

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय मन्त्रीमा नियुक्त भएका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन्।

फागुन २५ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका सांसद खुशीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र २८ गते नियुक्त भएका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

अहिले उनीहरू कार्यभार सम्हाल्न मन्त्रालय जाँदैछन् । नागरिक उन्मुक्ति पार्टी(नाउपा) काे संस्थापक केन्द्रीय सदस्यकाे बैठकले सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे भाेलिपल्ट सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय दुई मन्त्रीकाे जिम्मेवारी ताेकेका छन् ।

मुख्यमन्त्री शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका सबै मन्त्रीसँग छलफल गरि बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने भएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.